Logo

प्रमुख समाचार

एकचालीसमध्ये ३७ को परिणाम, कांग्रेस वडाध्यक्ष जितेर अगाडि, माओवादी र एमालेलाई अध्यक्ष र उपाध्यक्ष पनि



काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले हालसम्म ४१ मध्ये ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ ।

यो परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ । कांग्रेस कीर्तिपुर नगरपालिकामा नगर प्रमुखमा कांग्रेस अगाडि छ ।

नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ ।

नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ ।

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन् ।

कांग्रेसबाट निर्वाचित

नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम

तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी

शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट

समसे आलम, राजपुर नगरपालिका-६ रौतहट

इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१

राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४

अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर

आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१

भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा

अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया

खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट

मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम

धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ

मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी

धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला

प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर

माओवादी केन्द्रबाट निर्वाचित

नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर

सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा

कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट

विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा

जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा

नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ

देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट

नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा

एमालेबाट निर्वाचित

कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ

गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा

सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी

मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु

लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख

जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख

सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

जसपाबाट दुई

धिरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी

देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी

राष्ट्रिय स्वतन्त्र पार्टी

रोजिना श्रेष्ठ, काठमाडौं-१६

एकीकृत समाजवादी

बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट

नेमकिपा

खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट

स्वतन्त्र

लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार १८:४८   :  बजे

3.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।