काठमाडाैं । मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । सुनको मूल्य आज १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम थियो ।
यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको हो ।




















प्रतिक्रिया