Logo

अर्थ

रिचार्ज कार्डको आपूर्तिमा देखिएको समस्या समाधान भईसक्यो : टेलिकम



काठमाडाैं । नेपाल टेलिकमले रिचार्ज कार्डहरुको आपूर्तिमा देखिएको समस्या समाधान भएको जनाएको छ । टेलिकमले एक प्रेस विज्ञप्ती जारी गर्दौ यस्तो जनाएको हो ।

विगत केही दिनदेखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन सकेको थिएन । उक्त समस्या समाधान भई पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भैसकेको कम्पनीले जनाएको छ ।

साथै, केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरु प्रकाशन/प्रसारण भएको पाइएकोमा उक्त समाचारहरुमा कुनै सत्यता नरहेको समेत कम्पनीले स्पष्ट पारेको छ ।

रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकवर्गले रिचार्ज कार्डको विकल्पको रुपमा रहेकाःMobile Point Of Sale (MPOS) र Namaste pay, eSewa, Khalti, IMEPay लगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हुँदा रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलवार १३:१७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।