काठमाडौं । नेपाल कांग्रेसको द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा सदस्यहरू मनोनयन गरिएको छ । सभापति शेरबहादुर देउवाले उनीहरूलाई मनोनयन गरेका हुन् ।
विभागका प्रमुखमा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख छन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जना सदस्यहरूलाई मनोनयन गरिएको छ ।
मनोनयन हुनेमा सल्यानबाट गणेश चन्द, काठमाडौँबाट मधुसूदन पाण्डेय, गुल्मीबाट हेमलाल पुन, अछामबाट धर्मराज न्यौपाने, काठमाडौँबाट सिर्जना सिंह श्रेष्ठ, सुनसरीबाट रेखा प्रसाईँ, धनुषाबाट जुमराती नदाफ, तनहुँबाट लक्ष्मी परियार, कैलालीबाट रेणु चौधरी र चितवनबाट अनिता अर्याल रहेका छन् ।




















प्रतिक्रिया