Logo

प्रमुख समाचार

कांग्रेस द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्यहरू मनोनयन, काे कहाँ ?



काठमाडौँ । नेपाल कांग्रेसको द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा सदस्यहरू मनोनयन गरिएको छ । सभापति शेरबहादुर देउवाले उनीहरूलाई मनोनयन गरेका हुन् ।

विभागका प्रमुखमा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख छन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जना सदस्यहरूलाई मनोनयन गरिएको छ ।

मनोनयन भएका सदस्यहरू

गणेश चन्द, सल्यान
मधुसूदन पाण्डेय, काठमाडौँ
हेमलाल पुन, गुल्मी
धर्मराज न्यौपाने, अछाम
सिर्जना सिंह श्रेष्ठ, काठमाडौँ
रेखा प्रसाईँ, सुनसरी
जुमराती नदाफ, धनुषा
लक्ष्मी परियार, तनहुँ
रेणु चौधरी, कैलाली

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार ०७:१४   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।