Logo

अर्थ

कुमारी बैंककाे २२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । कुमारी बैंक लिमिटेडले २२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २२ लाख ४३ हजार ७ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी पुस ३ गतेभित्र काठमाण्डौको नक्सालमा रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

सेयर खरिदका लागि आवेदन दिदा न्यूनतम १० लाख कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार १२:३४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।