Logo

अर्थ

नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त



काठमाडौं । नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समिति बैठकले आगामी माघ २ गतेदेखि लागु हुनेगरी तिवारीलाई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैंकको प्रमुख कार्यकारी अधिकृत स्टेट बैंक अफ इन्डियाबाट खटिएर आउने प्रचलन छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आएका दिपक कुमार डेलाई फिर्ता पठाउन स्टेट बैंकले अनुरोध गरेकोले जनवरी १५ देखि उनलाई पदमुक्त गर्न लागिएको बैंकले जनाएको छ ।

स्टेट बैंककै सिफारिस बमोजिम तिवारीलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियूक्त गरिएको हो । नयाँ सीईओको रुपमा आउन लागेका तिवारी स्टेट बैंक अफ इन्डियाका जनरल म्यानेजर हुन् । उनी हाल बैंकको छत्तिसगढ राज्यका प्रमुख रहेका छन् ।

प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार  ११ : ५९ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।