काठमाडौं । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङको पोखरामा भव्य रुपमा लन्च गरेको छ ।
सिजी मोटर्सले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरका रूपमा औपचारिक रूपमा घोषणा गरेको छ। यो लन्चले नेपालमा एक्सपेङको उपस्थिति थप विस्तार गरेको छ । जसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ ।
अटोवेजका अध्यक्ष श्री नारायण प्रसाद पौडेलले कार्यक्रममा आफ्नो प्रमुख मन्तव्य व्यक्त गर्दै मिडियालाई एक्स्पेङ ब्रान्डको परिचय गराए। साथै सीजी मोटर्सका सीईओ/निर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरे। उद्घाटनका क्रममा अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जी६ एसयुभी पनि हस्तान्तरण गरेको छ ।
यस लन्च कार्यक्रममा एक्सपेङको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ । जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण E-NCAP मा ५-स्टार रेटिङ प्राप्त गरेको छ। यसले स्वचालित ड्राइभिङ प्रविधि, SEPA २.० संरचना, नियमित OTA अपडेटहरू, XOS अपरेटिङ सिस्टम, र 800V सुपर-फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ । जी६ को मोटर पावर 190 kW र टर्क 440 Nm छ, जसले 66kWh ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ। यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा ५०:५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ-कास्ट बडी, र ९-आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्। जसले जी६ लाई विशिष्ट बनाउँछ ।
सीजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्रार्थमिकता दिँदै बागडोल, काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ। साथ साथै सीजी मोटर्सले २४/७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ ।
पोखराका ग्राहकहरूले पनि यो सिजी केयर सुविधाबाट लाभ लिन सक्नेछन् । सिजी मोटर्सले ग्राहकहरूलाई विशेष सेवा कुशलतापूर्वक प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया