Logo

अर्थ

राष्ट्र बैंकले ४ अर्ब मुद्दति निक्षेपमा लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुमा ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी बैंकहरुको विभिन्न पेन्सन कोषमा रहेको ४ अर्ब ४ करोड ७९ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो ।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ३ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६० करोड ७१ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २० करोड २३ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले मंसिर १९ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०२४ डिसेम्बर १६ देखि २०२५ डिसेम्बर १६ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार  २ : ४३ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।