Logo

अर्थ

हुन्डाई मोटरद्वारा ब्याट्री विद्युतीकरण अनुसन्धानका लागि सम्झौता



काठमाडाैं । हुन्डाई मोटर समूहले ब्याट्री र विद्युतीकरणको क्षेत्रमा सहयोगात्मक अनुसन्धान प्रणाली स्थापना गर्न तीनवटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीसँग साझेदारीको घोषणा गरेको छ ।
मंगलबार भएको सम्झौतामा आईआईटी दिल्ली, आईआईटी बम्बे र आईआईटी मद्रास संस्थाहरु समावेश छन् ।

आईआईटी दिल्ली भित्र स्थापित हुण्डाई सेन्टर अफ एक्सलेन्स(सीओई) हुन्डाई मोटर समूहको प्रायोजनमार्फत सञ्चालन हुनेछ ।

हुन्डाई मोटर समूहका अधिकारीहरू, आईआईटी दिल्लीका निर्देशक प्रो रंगन बनर्जी, आईआईटी बम्बेका डीन सचिन सी पटवर्धन र आईआईटी मद्रासका डीन मनु सन्थानम लगायत आईआईटी प्रतिनिधिहरू सहित आईआईटी दिल्लीमा आयोजित एक समारोहमा उक्त सम्झैतामा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार  ३ : २७ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।