Logo

अर्थ

एनएमबि बैंकलाई लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्रदान



काठमाडौं । एनएमबि बैंकलाई युएन उमन एशिया–प्यासिफिक डब्लुईपीएसले लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरेको छ ।

युएन उमन र यूएन ग्लोबल कम्प्याक्टले कार्यस्थल र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नकालागि बैंकको तर्फबाट सक्दो प्रयास गर्दै आएकोमा यो अवार्ड प्राप्त भएको जनाएको छ ।

यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गतको यूएन उमनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको विज्ञप्तिमार्फत जनाएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको जनाइएको छ ।

यस अवार्डले एनएमबि बैंकलाई निरन्तर रुपमा समावेशी र दीगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहन मिलेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार  ४ : ५० बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।