Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीले एयरपोर्टमै सम्झाए सत्ता हस्तान्तरणको मिति



प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १८ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

चारदिने चीन भ्रमण सकाएर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आफूले सत्ता हस्तान्तरण गरेपछि आगामी ०८४ सालमा हुने निर्वाचन पनि कांग्रेस सभापति देउवाले गराउने बताए ।

उनले अहिले कांग्रेस–एमाले गठबन्धन सरकारमा कुनै खटपट नरहेको संकेत गरे । प्रधानमन्त्री ओलीले आगामी ०८४ को निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने संकेत गरे । प्रधानमन्त्री ओलीले बहुमत नआएको खण्डमा ०८४ पछि पनि यसरी नै सरकार चलाउने सु्नाए ।

‘चीन भ्रमणपछि तपाईँको कार्यकाल लम्बियो ?’ भन्ने प्रश्नमा उनले भने, मैले अब करिब–करिब १८ महिना होला, अब मेरो पालो । त्यसपछि मैले शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ । हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ । चुनावपछि हामी हरेकले बहुमत ल्याउने कोशिस गरौंला । बहुमत आयो भने बहुमतको सरकार बनाउँला । आएन भने अरु तरिकाहरु होलान्,’– उनले भने ।

प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार  ६ : ०७ बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।