Logo

राजनीति

शल्यक्रियापछि राष्ट्रपतिको स्वास्थ्यमा सुधार



काठमाडौं । प्रोस्टेटको शल्यक्रियापछि राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधार भएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

यही मंसिर १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको शल्यक्रिया भएको थियो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले विज्ञप्ति निकालेर राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् ।

राष्ट्रपति पौडेलले १६ वर्षदेखि प्रोस्टेटको औषधि सेवन गरिरहेका छन् ।

प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार  ११ : ५४ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।