Logo

अर्थ

कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

बैंकले गत असोज ३० गते १८औँ वार्षिक साधारणसभाबाट पारित गरेका ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

यो वर्ष बैंकले ५ प्रतिशत नगद लाभांश १२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा नभएमा वा नगद लाभांश बैंक खातामा नआएमा बैंकको केन्द्रीय कार्यालयमा जानकारी गराउन बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार १३:१५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।