Logo

अर्थ

नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्री हुने ईभी



काठमाडौं । चिनको बहुचर्चित अटोमोबाईल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाइल्यान्डमा सबै भन्दा धेरै बिक्री हुने एस युभी बनेर आफ्नो जितको श्रृङखला जारी राखेको छ ।

थाईल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्री भएका एसयूभी हरूमा सबैभन्दा बढी बिक्री भएको नेटा एक्सले उक्त वेष्ट सेलिङ्ग एस युभीको जित हासिल गर्न सफल भएको बताएको छ ।

थाईल्यान्डको अटो मोबाइलले क्षेत्रमा गत अक्टोबर र नोभेम्बरमा नेटाका दुई भेरियन्टहरू नेटा एक्स ४०१ कन्फर्ट तथा नेटा एक्स ४८० स्मार्टको बिक्री तथ्याङ्कलाई आधार मानिएको बताएको छ।

कम्पनीका अनुसार नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमी सम्म चल्न सक्छ । यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ। सिएटियल का अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किमीको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार  ३ : ०३ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।