Logo

प्रमुख समाचार

म्याग्दीमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी



म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटमा नेता ज्ञवालीले राजनीतिक सहमतिको आधारमा निर्माण भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगको पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

“सिफारिस समितिले आयोगका पदाधिकारीको छनोट गरेर सूची सार्वजनिक गर्ने छ । एक–दुई दिनमा आयोग गठन गर्ने सरकारको तयारी छ”, उनले भने, “आयोग गठन भएपछि २० वर्षदेखि थन्किएर रहेका शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउने, पीडितले न्याय पाउँनेछन् ।

नेता ज्ञवालीले सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न शक्तिशाली नियमनकारी निकायको गठन र बचतको सुरक्षाका लागि कर्जा सुरक्षण कोष बनाउने तयारी गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार  ४ : ३० बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।