Logo

अर्थ

सानिमा बैंकद्वारा २०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना



काठमाडाैं । सानिमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको २०औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

मंसिर २१ गते बिहीबार बिहान ११ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३५ वटा कार्यालयहरु र १२५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।  

प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार  ५ : १३ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।