Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओली स्मिताको विवाह समारोहमा सहभागी, प्रचण्डसँग हार्दिकता छचल्कियो



प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहालको विवाह समारोहमा सहभागी भएका छन् ।

काठमाडौंको गोकर्णमा रहेको ग्राण्ड नोर्लिङ रिसोर्टमा आयोजित विवाह समारोहमा प्रधानमन्त्री ओली ढिला गरी पुगेका हुन् । प्रचण्ड भने सुरुदेखि नै विवाह समारोहमा उपस्थित् छन् ।

प्रधानमन्त्री ओलीसँग प्रचण्डले लामो समय भलाकुसारी गरेका थिए । चीन भ्रमणबाट फर्किएपछि सार्वजनिक समारोहमा प्रचण्ड–ओलीको यो पहिलो भेट हो । यसअघि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा विवाह समारोहमा सरिक भएकी थिईन् । स्मिताले काठमाडौंको बबरमहल निवासी प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् ।

प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार  ४ : ५८ बजे

282
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।