Logo

प्रमुख समाचार

एमालेसँगको सहकार्यप्रति ढुक्क हुन पार्टी पंक्तिलाई देउवाको आग्रह, ओलीलाई फेरि दिए धन्यवाद



नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँगको सहकार्यप्रति ढुक्क रहन पार्टी पंक्तिलाई आग्रह गरेका छन् । शनिबार पार्टीको कोशी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समझदारी कायमै रहेको र अहिले सत्तासमीकरणमा कुनै परिवर्तन नआउने बताएका हुन् ।

साथै, सभापति देउवाले प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा देशको हितमा महत्वपूर्ण कार्य गरेर आएको बताए । ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाअन्तर्गत अनुदानमात्रै सहमति गरेर आएको सभापति देउवाको दाबी छ । देशको हितमा महत्वपूर्ण समझदारी गरेर आएको भन्दै सभापति देउवाले ओलीलाई धन्यवादसमेत दिए ।

‘ढाँट्ने कुरा छैन। भर्खरै चीनमा गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरेर आउनुभएको छ। उहाँले अनुदान लिएर आउने कुरा गर्नुभयो,’– उनले भने । यद्यपि, सभापति देउवाले ओलीलाई हिजोसमेत धन्यवाद दिएका थिए । प्रधानमन्त्री ओलीले राम्रो काम गरिरहेको उनको निश्कर्ष छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आईतवार ०८:३६   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।