पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ ।
मङ्सिर ८ गतेदेखि लागू हुने गरी थपिएको १५ दिन शनिबार सकिएको छ ।
उनलाई अनुसन्धान बाँकी रहेको भन्दै पुनः म्याद थपको तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत २ कात्तिकमा पक्राउ परेका उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा सहकारीबाट रकम लगिएको छानबिनबाट देखिएको थियो । वीरगन्जको सानो पाइला सहकारीको समेत रकम अपचलन आरोपमा उनलाई पक्राउ पुर्जी जारी भएको छ ।
यसअघि उनलाई पहिलोपटक ६, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन, चौंथोपटक १३ दिन र पाँचौँपल्ट १५ दिन म्याद थप गरिएको थियो ।




















प्रतिक्रिया