Logo

अर्थ

ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल निर्वाचित



काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान) को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । शक्रबार सम्पन्न एसोसिएसनको निर्वाचनमा प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

गत बिहीबार एसोसिएसनको ३० औं साधारणसभा सम्पन्न भएको थियो । बिहीबार सर्वसम्मत रूपमा एसोसिएसनको अध्यक्ष चुन्ने प्रयास गरिए पनि तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा शुक्रबार निर्वाचन भएको थियो ।

निर्वाचनमा खसेको कुल ८८ मतमध्ये ढकालले ४५ मत ल्याएका थिए । ढकालका प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन् ।

यसैगरी एसोसिएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएको जनाइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आईतवार ११:०८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।