काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले हाल केही वर्षयता भुक्तानी क्षेत्रमा मात्र नभएर अन्य विभिन्न क्षेत्रहरुमा पनि योगदान पुर्याउँदै आएको छ । कम्पनीले सेवा विस्तारको क्रममा अहिले नेपालको ७७ जिल्लाको ७५३ वटै स्थानिय निकायहरुमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको छ।
ई-सेवा सबै प्रकारका सेवाहरुको भुक्तानी गर्ने माध्यम बन्नुका साथै ई-सेवा यात्रा तथा पर्यटकीय क्षेत्रमा पनि दिनप्रतिदिन अझै परिचित नाम बन्दै गइरेहेको छ ।
बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटदेखि केबलकारसम्मको टिकट खरिद गर्न सकिने ई-सेवाले यात्रुहरुको सहजतासँगै पर्यटकीय विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ ।
प्रयोगकर्ताहरुको आवश्यकताअनुसारका सेवा सुविधाहरु विस्तार गरेर जीवन सहज बनाउने क्रममा ई-सेवा थुप्रै नवीनतम सेवाहरु प्रदान गर्न सधैं तत्पर रहेको कम्पनीले जनाएको छ । यसै क्रममा ई-सेवाले प्रदान गर्ने एउटा महत्वपूर्ण सेवा हो, ई-सेवा होटल्स ।
ई-सेवा होटल्स एउटा यस्तो डिजिटल सेवा हो, जसको माध्यमबाट प्रयोगकर्ताहरुले सजिलै होटल बुक गर्न सक्छन् ।
नेपालको ५४ जिल्लाहरुका प्रमुख शहरहरुमा अवस्थित साना, मझौला तथा ठूला होटलहरु एकै ठाँउबाट सजिलै बुक गर्न सकिने ई-सेवा होटल्स हालको समयमा होटल बुकिङको लागि एकदम लोकप्रिय बन्दै गएको कम्पनीले दाबी गरेको छ ।
सहरी क्षेत्रमा रहेका तारे होटलहरु देखि लिएर ग्रामिण भेगमा अवस्थित होमस्टेसम्म बुक गर्न सकिने ई-सेवा होटल्समा करिब ३५०० भन्दा बढी होटलहरु रहेका छन् । जुन प्रयोगकर्ताहरुले ई-सेवा एप वा ई-सेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिन भरमा बुक गर्न सकिन्छ । ग्राहकहरुको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै ई-सेवा होटल्समा बिना अग्रिम भुक्तानी कुनै पनि शहरमा अवस्थित जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकताअनुसार बुकिङ वा रद्द गर्न सकिने समेत व्यवस्था रहेको छ ।
ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरुलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रुपमा सशक्त बनाउन इसेवा होटल्सले युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेससँ विभिन्न सहकार्य गर्दै आइरहेको छ । यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरुलाई प्राविधिक सहयोगका साथै व्यावसाय सञ्लनमा पनि थप उत्साह प्रदान गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया