काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा बन्द भएको छ ।
आज २७ कम्पनीको मात्रै मूल्य बढेको छ भने २१४ कम्पनीको ओरालो लागेको छ । आज ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ७ अर्ब ४६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
खानीखोला हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
आज ४ कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत तथा सामुदायिक लघुवित्तको ९.९७ प्रतिशतले घटेको छ ।
आज उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ । यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया