Logo

अर्थ

किस्तामा बजाजका मोटरसाइकल किन्न अब नागरिकता भए पुग्ने



काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्किम लिएर आएको छ ।

मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाई अझ सरल होस भनी आफ्ना ग्राहकहरूको लागि यो स्किम ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मसिंर १६ गतेदेखि नागरिकताका आधारमा बजाजका मोटरसाइकल खरिद गर्न सक्नेछन् । यसअघि मोटरसाइकल खरिद गर्दा जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयसा्रेतको सर्टिफिकेट लगायत कागजात आवश्यकता पर्दथ्यो ।  यद्यपि, मोटरसाइकल खरिद गर्न चाहने ग्राहकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) र एकजना साक्षी बस्ने व्यक्ति भने अनिवार्य रहेको कम्पनीले जनाएको छ ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्स मार्फत यो सुविधा पाउन सक्नेछन् । यो स्कीम बजाजका देशभरका आधिकारिक शोरुममा उपलब्ध सबै मोडलमा लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २३, २०८१ आईतबार  ५ : ०३ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।