Logo

अर्थ

सिद्धार्थ बैंकका ग्राहकहरुलाई टेस्ट टाउन फूड कोर्टमा १५ प्रतिशत सम्मको छुट



काठमाडाैं । सिद्धार्थ बैंक र काठमाण्डौको कमलपोखरीमा रहेको टेस्ट टाउन फूड कोर्ट प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिटी सेन्टर कमलपोखरीस्थित टेस्ट टाउन फूड कोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरुमा निम्न माध्यमहरुमार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २३, २०८१ आईतबार  ५ : ११ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।