काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ विमानस्थलमा ल्याइएको छ । काठमाडौँ विमानस्थलबाट उनलाई फेरि आजै बयानका लागि पर्सा पठाउन लागिएको छ ।
पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरण बयानका लागि सोमबार पोखराबाट काठमाडौं हुँदै लग्न लागिएको हो ।
लामिछानेलाई पोखरा विमानस्थलबाट जहाजमा काठमाडौं ल्याइएको छ । काठमाडौंबाट अब उनलाई दिउँसो साढे २ बजेको जहाजमार्फत् बाराको सिमरा हुँदै वीरगञ्ज लगिँदैछ ।
पर्साको वीरगञ्जस्थित हाम्रो साइनो पाइला सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेपछि गत मंसिर १९ गते रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियाे ।
सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र उनका फरार साझेदार गितेन्द्रबाबु राई (जीबी) सहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
सहकारी ठगी प्रकरणमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।




















प्रतिक्रिया