काठमाडौं । सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँ बढेको छ ।
मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ पुगेको हो ।




















प्रतिक्रिया