Logo

अर्थ

दुई हजारले बढ्यो सुनको मूल्य, तीन दिनमै प्रतितोला साढे ४ हजार महँगियो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ लाख ५४ हजार २ सय कायम भएको हाे ।

मङ्गलबार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियाे ।

तीन दिनयता सुनको मूल्य तोलामा साढे ४ हजार बढेको छ ।  आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । प्रतितोला १९२५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार ११:२१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।