काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ लाख ५४ हजार २ सय कायम भएको हाे ।
मङ्गलबार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियाे ।
तीन दिनयता सुनको मूल्य तोलामा साढे ४ हजार बढेको छ । आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । प्रतितोला १९२५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।




















प्रतिक्रिया