Logo

प्रमुख समाचार

कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशन गराउन केन्द्रीय निर्देशन समिति गठन



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाको महाधिवेशनका लागि समन्वय र सहयोग गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सभापति देउवाले नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ र नेपाल थारु सङ्घको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् ।

नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा भने संशोधन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

कुन संस्थाको समितिमा को-को ?

नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री जीवन परियार — संयोजक
२. केन्द्रीय सदस्य लक्ष्मी परियार — सदस्य
३. केन्द्रीय सदस्य शान्ति परियार वि.क. — सदस्य

नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति (संशोधन गरिएको)
१. प्रवक्ता डा. प्रकाशशरण महत — संयोजक
२. केन्द्रीय सदस्य पुष्पा भुसाल — सदस्य
३. केन्द्रीय सदस्य रुक्मिणी कोइराला — सदस्य

नेपाल किसान महासंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य रमेश रिजाल — संयोजक
२. केन्द्रीय सदस्य राजेन्द्रकुमार के.सी. — सदस्य
३. केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ — सदस्य

नेपाल भूतपूर्व सैनिक संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य एन.पी. साउँद — संयोजक
२. केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ — सदस्य
३. केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू — सदस्य

नेपाल लोकतान्त्रिक खेलकूद संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत — संयोजक
२. केन्द्रीय सदस्य उमेशजंग रायमाझी — सदस्य
३. केन्द्रीय सदस्य गणेश लामा — सदस्य

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य मधु आचार्य — संयोजक
२. केन्द्रीय सदस्य सरस्वती बजिमय — सदस्य
३. केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ — सदस्य

नेपाल थारू संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य उदयशम्शेर राणा — संयोजक
२. केन्द्रीय सदस्य डा. गोपाल दहित — सदस्य
३. केन्द्रीय सदस्य योगेन्द्र चौधरी — सदस्य

नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल — संयोजक
२. केन्द्रीय सदस्य मुक्ताकुमारी यादव — सदस्य
३. केन्द्रीय सदस्य कान्तिका सैजुवाल — सदस्य

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार १७:०९   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।