Logo

प्रमुख समाचार

११औँ राष्ट्रिय महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ : विष्णु पौडेल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनले सहमतिमै नेतृत्व चयन गर्ने बताएका छन् । अर्थमन्त्री समेत रहेका पौडेलले रासससँग कुरा गर्दै पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुने बताएका हुन् ।

‘अन्य पदहरुमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन’, पौडेलले भनेका छन्, ‘नेकपा एमालेलाई मात्र होइन, सिङगो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैन ।’

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार १४:०२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।