काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२ को विन्दुमा कायम भएको छ ।
आज ४० कम्पनीको मूल्य बढेको छ २०४ कम्पनीको मूल्य घटेको छ ।
आज ६ अर्ब १४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.५५ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया