Logo

अर्थ

बीमा प्राधिकरण अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दाहाल



काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई जिम्मेवारी दिएको छ ।

बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्ने गरी तोकिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बीमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १०:२४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।