Logo

प्रमुख समाचार

उपनिर्वाचनले दुई दलीय व्यवस्थामा लैजाने कांग्रेस र एमालेको योजना खण्डित गर्‍यो : माओवादी



काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने नेपाली कांग्रेस र एमालेको योजनालाई खण्डन गरेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले सत्तारुढको दुई दलीय चिन्तनलाई उपनिर्वाचनले खारेज गरेको निष्कर्ष निकालेको हो ।

‘स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने कांग्रेस एमालेको योजनालाई खण्डित गरेका छ । चुनावी नतिजाले अन्य कुरामा पनि सरकारमाथि दबाब सिर्जना गरेको छ’, बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यस्तै माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनतामा तीव्र निराशा रहेको निष्कर्ष निकालेको छ । ओली सरकार देशलाई अधोगतितिर धकेल्नतिर लागिपरेको भन्दै माओवादीले आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १६:२१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।