Logo

अर्थ

ज्योति समूहबाट पद्म ज्योति ‘अलग’, छुट्टै समूह घोषणा



काठमाडौं । ज्योति समूहबाट पद्म ज्योति अलग भएको छ । सय वर्षभन्दा पुरानो यो ग्रुप अन्ततः दुई व्यावसायिक समूहका रुपमा विभाजन भएको हो ।

पद्म ज्योति र भाइ डा. रूप ज्योतिबीच ग्राण्डी सिटी अस्पतालको विषयमा विवाद रहँदै आएको थियो । रूप ज्योतिले सञ्चालन गर्दै आएको ग्रान्डी सिटी अस्पताल खाली गराउन पद्म ज्योतिले पटक पटक सार्वजनिक सूचना जारी गर्दै आएका थिए । यो विषय अदालतसम्म पुगे पनि विवाद अझै टुंगिन सकेको छैन । रूप ज्योति पूर्व अर्थ राज्यमन्त्री समेत हुन् ।

आइतबार पद्म ज्योतिले औपचारिक रुपमै अलग भएको जानकारी दिँदै अलग्गै समूह घोषणा गरेका छन् । नयाँ व्यावसायिक समूह पद्म ज्योतिले नयाँ लोगोसहित छुट्टै समूह सार्वजनिक गरेको छ । उनले आफू पद्म ज्योति समूह घोषणा गरेका हुन् ।

यस समूहको अध्यक्षमा पद्म ज्योति रहनेछन् । उनीसँगै संस्थापक सदस्यमा मिरा ज्योति, निर्देशकमा सौरभ ज्योति, सुह्रद ज्योति, सिर्जना ज्योति र आरती ज्योति रहेका छन् ।

पद्म ज्योति समूहमा हिमाल स्टिल, भाजुरत्न हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल लगायत छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आईतवार १६:१८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।