केपी ओली सरकारमा सहभागी पात्रहरू कोही सरकारी राजस्व नतिर्ने छन् । कोही आफ्नो निर्णय उल्टाएर मारवाडीहरूको सेवा पुर्याउने रहेकाछन् ।
नेपाली कांग्रेसले मन्त्री बनाएका परराष्ट्रमन्त्री राणाले नेपाल भारत सम्बन्धमा केपी ओलीले फैलाएको चिसोपन हटाउन सफल भएको प्रचार ह्वात्तै चुलिएको छ ।
नेतालाई चित्त बुझाएर कोटाका मन्त्री भएका कांग्रेसी मध्ये वनमन्त्री ऐनबहादुर शाही, पर्यटन मन्त्री बद्री पाण्डे, उर्जामन्त्री दीपक खड्काको पार्टीमा पनि विरोध गर्ने भीड मज्जैले चुलिएको छ ।
तर, उनीहरु निकट नेताको भागमा मन्त्री भएकाले उनीहरूबाट स्वीकृत नहुँदासम्म सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई हुन्छ भन्न सक्दैनन् ।
नागरिक उडयन प्राधिकरणका कार्यकारी प्रदीप अधिकारीको पैसामा मन्त्री पाण्डे डुबेको पनि मन परेको छैन भन्नेहरुको संख्या ठुलो छ ।
मन्त्री भएर झन्डावाल गाडीमा चढ्ने र सुरक्षाकर्मीलाई ब्रिफ केस बोकाउने बाहेक वनमन्त्री ऐनबहादुर शाहीको काम भनेको अजरबैजानको बाकु सम्मेलनमा मन्त्रालय रित्याएर सहभागी हुन जानु हो भन्दै सिंहदरवारमा चलेको चर्चाले अझै उत्पात रुप लिएको छ ।
जुन सम्मेलनमा नेपालले सहभागिता देखायो । त्यसबाट देशलाई के काम ल्याइयो कहिलेबाट अजरबैजानको भ्रमणको अनुभव देशमा लागू हुन्छ त्यो छैन ।
ऊर्जामन्त्री खड्काले भाडामा लिएको स्काउटको भवन र जग्गाको भाडादर तिर्दैन । स्थानीय प्रशासनले सरकारी सम्पत्ति कब्जा गर्नेबाट खोस्न लगाएको ताला खुलेको छैन ।
मन्त्री खड्कालाई राजस्व तिर्न सरकारले निर्देशन दिन सकेको छैन ।
मन्त्री बनाउनकै लागि प्रम ओलीले प्रचण्ड सरकारकै समयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा बैतडीका दामोदर भण्डारीलाई पठाए ।
उनी अहिले पनि उतै रमाएकाछन् । त्यसो त, जनतालाई कालो व्यापारले कठिन बनाउँदा मन्त्रालय बजार अनुगमन पनि गर्दैन । कालोबजारी नियन्त्रण पनि गर्दैन ।
त्यस्ता मन्त्री बोकेर प्रधानमन्त्री ओलीले जस लिने कसरी ? एमालेका अर्का मन्त्री छन् ?
बलराम अधिकारी जसको सम्बन्ध जमिनसँग मात्र होइन गरिबी नियन्त्रण र सहकारी प्रकरणतर्फ पनि छ ।
भूमाफियाको हितमा पदमा अर्याल मन्त्रीभन्दा सुरु भएको जग्गा नापी र कित्ताकाट जारी छ ।
कृषियोग्य भूमि र घरबासका लागि उपयुक्त भूमि छुट्याएर भूउपयोग नीति अनुसार जग्गाको वर्गीकरण गर्ने हल्ला हल्लामै सीमित छ ।
सरकारका योजना देखिने र सुनिने गरी काम हुँदैन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, राज्यमन्त्री पूर्णबहादुर तामाङ लगायतका मन्त्रीहरू पनि विवादमै छन् ।
त्यसो त,कार्यसम्पादन कमजोर मानिएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री प्रदीप यादव लगायत परिर्वतन हुने चर्चाको सुचीमा रहेको बताइएको छ । अब मन्त्रिपरिषद पुनगर्ठन हुँदा ८ वटा मन्त्रालय हेरफेर गर्ने तयारी ओलीको छ ।
जसले गर्दा प्रधानमन्त्री ओलीको समृद्धिको सपना अधुरै रहने त होइन ।
गृह-अर्थ साटासाटको चर्चा के हो ?
पछिल्लो समय नेपाली कांग्रेस सभापति देउवाले आफ्नो प्रधानमन्त्री कार्यकालमा चुनाव हुने भएकाले अहिले गृहमन्त्री एमालेलाई दिएर अर्थ मन्त्रालय लिने तैयारीमा रहेको समाचार स्रोतले बताएको छ । यस बिषयमा प्रधानमन्त्री ओलीसँग छलफल समेत गरेका छन् ।
नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदैछ । अहिले अर्थ मन्त्रालय लिँदा महाधिवेशनमा समेत सजिलो हुने भएकाले सभापति देउवा एमालेलाई गृह मन्त्रालय दिन राजी भएको बताइन्छ ।
‘चुनावी गृहमन्त्री चाहिने र अनि कांग्रेस महाधिवेशनमा पनि सजिलो हुने भएकाले अर्थ मन्त्रालय लिने गरी प्रधानमन्त्रीसँगको छलफलपछि सभापति देउवा सरकार पुनगर्ठनको तयारीमा जुटेका हुन्,’ प्रधानमन्त्री निकट स्रोतले बतायो ।
यदी अहिलेको अवस्थामा गृह एमालेले र अर्थ कांग्रेसले लिनेगरी सहमति भएको अवस्थामा अर्थमा महामन्त्री गगन थापाको ‘इन्ट्ी’ हुनसक्ने बताइएको छ । उपप्रधानमन्त्रीसहित थापालाई गृह ‘इन्ट्ी’गराउन सोच आएको चर्चा छ । प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकसँग काम गर्न अफठ्यारो भएको भन्दै देउवालाई अर्को व्यक्ति पठाइदिन आग्रह गरेको बुझिएको छ ।
लेखकको ठाउँमा महामन्त्री गगन थापालाई पठाइदिन ओलीले आग्रह गरेको स्रोत बताउँछ । त्यसपछि देउवाले महामन्त्री थापालाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीसँगै राखेर यस विषयमा छलफल गरेका थिए ।
त्यस्तै एमालेले गृह पाएको अवस्थामा पदम गिरी लगायतको चर्चा छ । प्रधानमन्त्री ओलीको विश्वासपात्र रहेका गिरी पार्टीमा समेत इमान्दार र निडर पात्र हुन् । त्यसैले एमालेले गृह पाउँदा गिरीले कमाण्ड सम्हाल्ने पक्कापक्की छ ।
भ्रष्टाचार नियन्त्रणमा म कठोर हुन्छु : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणको काममा आफू कठोर रूपमा प्रस्तुत हुने बताएका छ्न ।
आज ललितपुर महानगर स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनताको सेवा गर्ने जिम्मेवारीमा रहेकाहरुले सोहीअनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड द्यिए ।
उनले भने,‘जनताको सेवा गर्नेहरुले हाकिम हुँ भन्ने कुरा बिर्सनुपर्छ । घमण्ड पलाउनु हुँदैन । घमण्ड मस्तिस्कमा पसेपछि अरु केही पस्न सक्दैन ।’
उनले सरकारले शासन भएर सेवा दिने काम गरिरहेको स्पष्ट पारे । उनले अहिलेको सरकारले आर्थिक अवस्थामा पनि सुधार ल्याएको दाबी गरे ।
उनले भने,‘विकृतिहरूलाई हटाउने र राम्रो कल्चर भएको थिति बसाल्ने हो सरकारले, शासन होइन सेवा दिने हो सरकारको काम, ०८२ सालभित्र सडक बालबालिकामुक्त व्यवस्था गर्छ ।’




















प्रतिक्रिया