Logo

अर्थ

पाँचथर पावरले शतप्रतिशत हकप्रद जारी गर्ने



काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले १ बराबर १ को सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हकप्रदबाट संकलन भएको रकम बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

हाल चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको हकप्रदपछि पुँजी १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : ३ पुष २०८१, बुधबार १२:४७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।