काठमाडाैं । कृषि विकास बैंकले गत आवका लागि १०.५३ प्रतिशत लाभांश दिने भएकाे छ ।
पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत गत आवका लागि सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।




















प्रतिक्रिया