काठमाडौं । साताको अन्तिम दिन सेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६ को विन्दुमा कायम भएको छ ।
आज २९ कम्पनीको मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको छ । ४ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १७ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । कर्णाली डेभलपमेन्ट बैंकको ११ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.२१ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया