Logo

प्रमुख समाचार

रविको तस्वीरबारे छानविन गर्न एसएसपीको नेतृत्वमा समिति गठन



काठमाडौं । कास्की प्रहरीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतको तस्वीर बाहिरिएपछि एसएसपीको नेतृत्वमा छानविन सुरु भएको छ ।

प्रदेश प्रहरी कार्यालय, गण्डकीले प्रदेश तालिक केन्द्र पोखराका एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानविन समिति गठन गरेको हो । समितिलाई दुई दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

सिसिक्यामेरोले कैद गरेको लामिछाने हिरासतमा सुतिरहेको तस्वीर बाहिरिएको थियो । रास्वपाकै नेता डा।निकोलस भुसालले आफुले तस्वीर गल्तीवश खिचेको भन्दै माफी मागेका छन् ।

प्रहरी कार्यालयभित्र त्यसरी सिसिक्यामेराले कैद गरेको भिडियोबाट तस्वीर लिएको खुलेपछि प्रहरीको सुरक्षा त्रुटी बाहिरिएको छ । यसमा रास्वपाले पनि छानविनको माग गरेको छ।
गृहमन्त्री रमेश लेखकले समेत प्रहरी महानिरीक्षकलाई यस विषयमा छानविन गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार ०९:१४   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।