Logo

अर्थ

भ्याट छल्नेलाई एमालेको सम्मान : देशको राजश्व झ्वाम !



काठमाडौं । प्रधानमन्त्री पदले दान उपहार लिन हुन्छ कि हुन्न ? कानून त हुँदैन । तर, प्रधानमन्त्री केपी ओलीलाई मुलुकको संविधानले छुदैन ।

उनले बोलेका कुरा कानून हुन । प्रहरी, सेना, सशस्त्र गुप्तचर निजामति सेवा ओलीले भनेपछि मान्नु पर्छ । त्यो नियम विद्युत प्राधिकरणका कुलमानलाई लाग्छ । उनले २४ घण्टा विद्युत उपयोग गरेर महशुल नतिर्ने उद्योगीले विद्युत महसुल तिर्न पर्दैन भनि दिए ।

२२ अर्ब रूपैया यस्तो त तीन प्रमले अदालतमा मुद्धा चल्दै गरेका मिनबहादुर गुरुङ्गसँग भ्याट छलेको विषय अदालत प्रयोग गरेर मिनाह गर्ने शर्तमा ११ रोपनी १४ आना जग्गा पार्टीलाई लिएका हुन ।

प्रधानमन्त्री ओलीले पशुपतिको नाममा पनि छाडेनन् । कोरोना कालमा पनि छाडेनन् । पैसाका लागि देशको राजश्व झ्वाम पार्न नेकपा एमाले सफल छ । त्यो सफलता काँग्रेसले दिलाउँदा डा. आरजु राणाको अपराध क्षमा भएको हो । विपक्षी अन्य दल र नेताप्रति असहिष्ण प्रवृत्ति प्रधानमन्त्री केपी ओलीको आम पहिचान बनेको छ ।

प्रम आफै गिरिबन्धुदेखि नक्कली भुटानी शरणार्थी प्रकरण कोरोनाकालको औषधि र उपकरण खरिद प्रकरण पशुपति धर्मशाला भाडा प्रकरण जलारी प्रकरण जस्ता एक दर्जन विवादित काण्डमा जोडिएका छन् ।

देशको राजश्व माथि चुना लगाएर देशलाई प्रधानमन्त्री भएको चौथो महिनामै रु. ८४ अर्ब ऋण बढाउने मुलपात्र नै प्रधानमन्त्री हुन । जसले २२ अर्ब विद्युत महशुल नर्तिन उद्योगीहरूलाई उचाले भने एनसेललाई रु. ६ अर्ब मिनाह गराएर असफल शासकको पहिचान बनाएको कुरा संसारले थाहा पायो ।

यो देशको प्रमुख प्रतिपक्ष पनि नालायक लादी भएकाले नेकपा एमाले जस्तो शक्ति नै संयुक्त सरकारको भ्रष्टाचारमा केन्द्रित छ । दलका कार्यकर्ता भत्ता र सत्तामा केन्द्रित छन् ।

सत्ताको सुख सयलमा रमाउने कांग्रेस र नेकपा एमाले भएका उद्योग बचेर बन्द गराएर बेरोजगारी बढाउन सफल नालायक हुन ।

०४९ सालबाट मुलुकको शासक बनेको कांग्रेसले रोजगारीको क्षेत्रमा ध्यान दिएन । कम्युनिष्ट पार्टीले गरिबको हित गर्छ किसान र मजदुरको सेवा गर्छ भन्ने कुरा प्रचारमा सिमित भयो, नेकपा एमालेको ओली गुट भ्रष्टाचार र बेथितिको रक्षक भएर आएको छ ।

अर्न्तपार्टीमै वेथिति छ यौन लम्पट र भ्रष्टहरू प्रधानमन्त्रीका सेवक छन् । मानव तस्करीमा सहभागी कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारी जो थिए जसले उनलाई खर्च हालेर जापान लगे उनीहरू जेल परे एमालेको निष्पक्षता यही हो ।

३५ वटा उद्योगले महसुल नतिर्दा सरकारले राजश्वमा गडबढी आउन नदिन विद्युतलाइन नकाट्न बारम्बर कुलमान घिसिङ्गलाई निर्देशन दिएको छ । प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीले आफूले घुस लिएका उद्योगको महसुल तिर्ने आँट गर्लान ।

विद्युत उपयोग गरेर नाफा कमाउने र महसुल नतिर्ने पौरखी उद्योगपतिहरूलाई ओली सरकारले सहुलियत दिनुपर्ने कारण भनेकै घुस लेनदेन हो ।

जबकी देशमा २५ अर्ब १८ अर्ब भन्दा बढी छ । नेपालका शासकहरूले अर्थतन्त्र सुदृढ बनाउन आन्तरिक राजश्व संकलनमा जोड दिनुपर्दछ । तर, यो सरकारले विकास बजेट ३० खर्ब ५२ अर्ब छुट्याएको खबर दबाबमा उल्लेख छ ।

तर, त्यो खर्च हुनसकेको छ । काम सकेर भुक्तानी लिन निर्माण व्यवसायीहरूको ३ अर्ब ३८ करोड भन्दा बढी छ ।

मुलुकको समाजिक क्षेत्र पैसामा बिक्दा घोराही सिमेन्ट, लक्ष्मीस्टिल, बुटबल सिमेन्ट, सर्वोत्तम सिमेन्ट, नव नेपाल प्लास्टिक, एसआर स्टिल, पञ्चकन्या स्टिल, श्याम प्लाष्टिक, मालबारी कारखाना, गोयन्का फूड सिद्धार्थ, प्लेट प्लस्ट धरना फड्स एसआर फुड, जगदम्बा सेन्थेटिस, अर्घाखाँची सिमेन्ट, कसमस सिमेन्ट, हुलास स्टिल, त्रिवेणी स्पिनिङ्ग, जगदम्बा स्टिल, एभरेष्ट पेपर, हिमाल आइरन, हामा आइरन, युनाइटेड सिमेन्ट, त्रिवेणी सेन्थेटिक्स, एभरेष्ट रोलिङ्ग लगायत छन् । यी २८ उद्योगले विद्युत महसुल तिनुपर्दैन ।

प्रकाशित मिति : ६ पुष २०८१, शनिबार ०६:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।