Logo

प्रमुख समाचार

हङकङबाट काठमाडौं आएको जहाजमा अचेत भेटिएका यात्रुको निधन



काठमाडौं । नेपाल एयरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका एक यात्रुको निधन भएको छ ।

गएराति हङकङबाट काठमाडौँका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजमा सवार यात्रु देउमान लिम्बु अचेत अवस्थामा भेटिएकामा उनको उपचारका क्रममा केएमसी अस्पतालमा निधन भएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ‘उहाँ जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएको पाइएको छ,’ पौडेलले भने, ‘त्यसपछि नजिकको अस्पताल केएमसी पुर्‍याइएको र अस्पतालले मृत घोषणा गरेको पाइएको छ ।’

गएराति हङकङबाट काठमाडौँका लागि निगमको आरए ४०१ उडान भएको थियो ।

प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १४:११   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।