Logo

प्रमुख समाचार

रवि लामिछानेलाई सांसदबाट निलम्बन नगर्न रास्वपाको दवाव, सभामुखको कार्यकक्षमै पुगे सोविता गौतम र गणेश पराजुली



काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै रास्वपाका सभापति रवि लामिछानेको सांसद पद के हुन्छ ? चौतर्फी चासो देखिएको छ । सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएको हुँदा उनी स्वत निलम्बनमा पर्ने एकाथरीको मत छ भने अभियोग पुष्टि नहुँदासम्म निलम्बन गर्न नहुने अर्काथरीको मत रहेको छ ।

आइतबार नै कास्की प्रहरीले रविविरुद्ध मुद्दा दायर भएको पत्र संसद् सचिवालय र सभामुख देवराज घिमिरेलाई पठाएको थियो । सो पत्रलगत्तै सभामुखले परामर्श थालेका छन् । सभामुख घिमिरे बिहानैदेखि यसबारेमा छलफल गरिरहेका छन् ।

सभामुख घिमिरे छलफल गरिरहँदा रास्वपाका सांसदद्धय सोविता गौतम र गणेश पराजुली घिमिरेलाई भेट्न पुगेका छन् । रास्वपाले रविलाई तत्काल निलम्बन नगर्न सभामुखलाई दवाव दिने तयारी गरेको छ ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार १५:१७   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।