काठमाडौं । प्रभु बैंक लिमिटेडले साधारणसभा बाेलाएको छ । पुस ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले २३औं वार्षिक साधारणसभा बाेलाएकाे हो । सभा काठमाडौंको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा आर्थिक बर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८०/०८१ वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।
सभामा लाभांश सम्बन्धी कुनै एजेन्डा राखिएको छैन । बैंकका शेयरधनीको हात यो बर्ष पनि खाली हुने भएको छ ।
त्यस्तै, सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको आ.व.२०८०/०८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।
उक्त सभामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तवा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०८१/०८२ का लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।
साधारण सभाले संस्थापक समूहवाट ३ जना र सर्वसाधारण समूहवाट ३ जना समेत गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।




















प्रतिक्रिया