Logo

अर्थ

सेयर बजारमा सामान्य बृद्धि



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३० को विन्दुमा कायम भएको छ ।

आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ । आज ५ अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै प्रभु बैंकको सेयर कारोबार भएको छ । बैंकको ५० करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको २२ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यी ३ बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार १५:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।