Logo

अर्थ

विभान्ता डेन्टल, हिमाल डेन्टल र प्रभु बैंकबीच विशेष छुट सम्झौता



काठमाडाैं । काठमाण्डौ महानगरपालिका–२८, कमलादीस्थित विभान्ता डेन्टल हस्पीटल तथा काठमाण्डौ महानगरपालिका–०४, धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पीटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २० प्रतिशत छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पीटल र हिमाल डेन्टल हस्पीटलमा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौता¬पत्रमा विभान्ता डेण्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणाले संयुक्त हस्ताक्षर गरेका थिए ।

हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार १५:५८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।