Logo

अर्थ

सुजुकी मोटरका पूर्वअध्यक्ष ओसामु सुजुकीको निधन



काठमाडौं । जापानको सुजुकी मोटरको पूर्वअध्यक्ष ओसामु सुजुकीको ९४ वर्षको उमेरमा निधन भएको छ । उनले सुजुकी मोटरमा ४० वर्षभन्दा बढी नेतृत्व गरेको थिए । ओसामुले सिजुओकामा मुख्यालय रहेको सुजुकी मोटरलाई संसारकै अग्रणी मोटर कम्पनमा रूपान्तरण गर्न भन्दै सन् २०२१ मा कम्पनीको नेतृत्व छाडेका थिए ।

टोक्योस्थित चुओ विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका ओसामुले एउटा विद्यालयमा कनिष्ठ शिक्षक र रात्रि सुरक्षाकर्मीको जागिर पनि खाएका थिए । १९५३ मा उच्च शिक्षा सकेपछि उनले केही समय बैंकमा पनि जागिर गरेका थिए । लगत्तै सुजुकी परिवारमा विवाह गरेपछि उनले सुजुकी परिवारको व्यापार सम्हालेका थिए ।

त्यसैगरी भारतमा कम मूल्यका साना गाडी बिक्री गरेर बजार नेतृत्व गराउन पनि ओसामुले महत्त्वपूर्ण योगदान गरेको सुजुकी मोटर कम्पनीले जनाएको छ ।

२०१६ मा सुजुकी मोटरले जापानमा गाडीको इन्धन किफायती परीक्षणका लागि अप्रमाणित विधि प्रयोग गरेको पुष्टि भएपछि हंगामा भएको थियो । त्यसपछि ओसामु पुनः कम्पनीको सीईओ पदमा ओर्लेका थिए र आफ्नो सेवा सुविधा ४० प्रतिशत कटौती गरेको घोषणा गरेका थिए ।

शुक्रबार निधन भएका ओसामु सुजुकीका श्रीमती र तीन छोराछोरी छन् ।

१ सय १५ वर्षअघि स्थापना भएको सुजुकी मोटरले सन् २०२१ मा ३५ खर्ब ६८ अर्ब येन बराबर आम्दानी गरेको थियो । यो यसले ३९ लाख युनिट सवारी उत्पादन गरेको थियो । हाल कम्पनीमा ७० हजार जनाले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : १२ पुष २०८१, शुक्रबार १५:५१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।