काठमाडाैं। नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै उपभोक्तालाई उच्च गुणस्तरका जुत्ता चप्पल सस्तो मुल्यमा उपलब्ध गराउने उद्देश्यले राजधानीकाे भृकुटीमण्डपमा जुत्ता चप्पलका ‘बम्पर सेल मेला’ सुरु भएको छ। मेला यही पुस ९ गते मंगलबारदेखि सुरु भएको हो।
यो मेलामा पाँच हजारभन्दा बढी डिजाईनका जुत्ता चप्पलहरु प्रदर्शनीमा राखिएका छन्। मेलामा विशेष छुट योजनासहित न्यूनतम १५ देखि अधिकतम ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। जाडो मौसमलाई लक्षित गर्दै मेलामा स्पोर्टस् सुज, छालाका आकर्षक तथा टिकाउ जुत्ता चप्पलहरु उपलब्ध छन्।
मेलामा नेपाल र विदेशी कच्चा सामग्रीको प्रयोग गरी उत्पादित जुत्ता चप्पलहरु प्रदर्शनीमा राखिएका छन्। दुई दर्जनभन्दा बढी उद्योगबाट उत्पादित सामग्रीहरु मेलामा समावेश भएका छन्। आयोजकका अनुसार यो मेलाले नेपाली जुत्ता चप्पल उद्योगलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभ पुर्याउने छ भने उपभोक्तालाई एकै स्थानमा गुणस्तरिय र किफायती जुत्ता चप्पल खरिद गर्न अवसर दिनेछ।
जुत्ता र चप्पलमा मुलुकलाई आत्मनिर्भर बनाउने यो व्यवसायलाई संरक्षण प्रवर्द्धन र विस्तार गर्न राज्यले स्वदेशी उद्यमी र उद्योगलाई सुविधा र सहयोग उपलब्ध गराउँदै जानुपर्छ । यसो भएमा विदेशी व्राण्डका जुत्ता चप्पल जत्तिकै गुणस्तरिय सामग्रीको खरिद र उपभोग अझ उचित र सस्तो मुल्यमा नेपाली नागरिकहरुले सहजै गर्न पाउने निश्चित छ ।
मेलामा वालकदेखि वृद्धसम्म, युवा र युवतीहरुको रोजाई र चाहना बमोजिमका उत्पादनहरु राखिएकाले शरामदायी र आकर्षक अनि टिकाउ स्वदेशी उत्पादनको समयमै खरिद गर्ने अवसरमा मेलामा उपभोक्ताले पाउने छन् । तसर्थ, मेलाको वारेमा यथार्थ सूचना प्रवाह गराएर उपभोक्तालाई गुणस्तरिय जुत्ता चप्पलको उपभोग गर्ने अवसर दिलाउन संचारमाध्यमले उपभोक्तालाई सुसूचित गराउन प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास आयाेजकले लिएका छन्।
प्रतिक्रिया