Logo

रियल म्याड्रिड भ्यालेन्सियासँग ४-१ गाेल अन्तरले पराजित



स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिडले भ्यालेन्सियासँग लज्जास्पद हार बेहोरेको छ । गएराति भएकाे खेलमा रियल म्याड्रिड भ्यालेन्सियासँग ४-१ गाेल अन्तरले पराजित भएकाे हाे ।

भ्यालेन्सियालाई सानदार जित दिलाउनको लागि कार्लाेस सोलेरले पेनाल्टीमार्फत ह्याट्रिक पुरा गरे  । भ्यालेन्सियाले थप एक गोल उपहार पाएको थियो । करिम बेन्जेमाको गोल सान्त्वना बन्यो ।

खेलकाे २३ आौँ मिनेटमा बेन्जेमाले गाेल गर्दै रियल म्याड्रिडलाई  अग्रता दिलाए तर रियलकाे अग्रता धेरैबेर टिक्न सकेन । ३५ औँ मिनेटमा सोलेरले पेनाल्टीमार्फत गाेल गर्दै खेल बराबरीमा ल्याए ।

खेलकाे ४२ औँ मिनेटमा राफेल भाराने आफ्नै पाेस्टमा गाेल गरेपछि भ्यालेन्सियाले २-१ काे अग्रता बनायाे ।

त्यसपछि दाेस्राे हाफमा पनि भ्यालेन्सियाले पेनाल्टीमार्फत  नै २ गाेल थप्याे । सोलेरले पेनाल्टीमार्फत ५४ औँ र ६३ औँ मिनेटमा गाेल गरेका थिए । रियलले भने दाेस्राे हाफमा कुनै पनि गाेल गर्न सकेन ।

यो हारले रियल म्याड्रिड ८ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा खुम्चिएको छ । भ्यालेन्सिया ११ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार