Logo

अर्थ

अण्डाको मूल्य हालसम्मकै उच्च



काठमाडाैं । अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले मूल्य बर्ढासँगै अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको हो ।

संघले शनिबारदेखि लागू हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) ३ हजार ६०० रुपैयाँ र मझौलाको ३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । योसँगै नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ पर्न आउँछ। यससँगै खुद्रा उपभोक्ता प्रतिगोटा २२.५० कायम गरिएको छ।

दाउन्ने एग्रोफार्म, हिमचुली पोल्ट्री, खिलुङकाली (जनकपुर एग्रो) सुविश पोल्ट्री, भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्म लगायतले काठमाण्डौको होलसेल बजारमा शनिबारदेखि कायम हुने गरी ठूलो अण्डा प्रतिपेटी ३ हजार ७५० देखि ३ हजार ७८० रुपैयाँसम्म र मझौलाको ३ हजार ६५० देखि ३ हजार ६८० रुपैयाँसम्म प्रतिपेटी दररेट कायम गरेका छन् ।

प्रकाशित मिति : १४ पुष २०८१, आईतवार १२:१०   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।